काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

धितोपत्र बोर्डले नामनै किटेर भन्यो, यी ५१ कम्पनीको सेयरमा अस्वभाविक चलखेल

6.53K
shares
khanepani bord

काठमाडौं । सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ ।
सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाएको देखिएको छ ।

‘सेयर मूल्य बढ्नु पर्ने केही आधारभूत पक्षहरु हुन्छन्, केही कम्पनीहरुको सेयर मूल्य बढ्नु पर्ने खास कारण नभए पनि बढाइएको पाइएको छ’ प्रतिवेदनमा भनिएको छ ।

अध्ययनले ५१ कम्पनीहरुमा लगानी गर्न जोखिमयुक्त रहेको देखाएको बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । यी कम्पनीहरुमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ लगायतका कारण बढेको अध्ययनले देखाएको छ ।

बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गर्दै लगानीकर्ताहरुलाई यी कम्पनीहरुमा लगानी गर्न सचेत गराएको छ ।

पछिल्लो समय सेयर बजारमा निकै ठूलो कारोबार हुने गरेको छ । अहिलेको अवस्था हेर्दा लगानीकर्ताहरुले धितोपत्र बजारलाई गरेको विश्वासले गर्दा कारोबार रकममा ऐतिहासिक रेकर्ड स्थापना कायम भई करीव २० अर्ब नजिक पुगेको बोर्डले बताएको छ ।

धितोपत्र बजार जोखिम मुक्त नरहेको हुँदा यस बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आकलन गरेरमात्र लगानी गर्नु पर्ने लगानीकर्ताहरुलाई बोर्डको सुझाव छ ।

‘बजारको सर्वमान्य सिद्धान्त अनुसार धितोपत्र बजार संधै बढी रहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो, यस बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुन्छ’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि धितोपत्रमा लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढी भन्दा बढी जानकारी प्राप्त गरी आफ्नाे जोखिम बहन गर्न सक्ने क्षमता मूल्याँकन गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।’

बोर्डबाट गरिएको अध्ययन र अनुगमनका क्रममा कतिपय सूचिकृत कम्पनीहरुले समयमा सूचना जानकारी प्रवाह नगराएकोमा त्यस्ता कम्पनीहरुको कारोबार स्थगन हुने व्यवस्था समेत गरेको छ ।

बोर्डका अनुसार विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति सेयर आम्दानी ऋणात्मक भएका, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी प्रारम्भिक अध्ययन गरिएको थियो ।

साथै उक्त सूचिकृत संगठित संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको व्यहोरा बोर्डले जनाएको छ ।

हेर्नुस् जोखिममा रहेका कम्पनीहरुः

IME
khanepani