काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

नारायणी नदीले पार गर्‍यो खतराको विन्दु, नारायणीको सतह ४४ वर्ष यताकै बढी

6.12K
shares
khanepani bord

चितवन । नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ।

जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो। निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव मंगलबार साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ।

केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ। गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन ४४ वर्ष यताकै बढी हो।

नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ।

कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाव बढेका समयमा दाउरा टिप्न र माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ।

यस्तै औषधि, खाद्यान्न र महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ। नारायणीका कारण भरतपुर महानगरपालिका वडा नम्बर १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ।

त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ।

नदीमा पानीको वहाव बढेसँगै आज साँझ प्रभावित क्षेत्रमा महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र सुरक्षा निकायका प्रमुखले अनुगमन गरेका छन्।

नदी बस्तीमा पस्न सक्ने क्षेत्रको अध्ययनसमेत गरिएको छ।

khanepani