अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार

बुटवल । अबिरल वर्षका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

लमही नगरपालिका ७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका २ की ४५ वर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर ३ का २६ वर्षकै गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण मंगलबार रातिदेखि नदीको बीचमा फसेका थिए ।

लमही ७ हसनापुर र राजपुर गाउँपालिकाको बेला घाटबीचको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल भालुवाङका ९ जना र सशस्त्र प्रहरी क्याम्प लमहीका १६ जना गरी २५ जनाको टोलीले बुधबार बिहान उद्धार गरेको हो ।

बाढीमा फसेका उनीहरु भैँसी पाल्न अस्थायी गोठ बनाएर हसनापुरको टापुमा बस्दै आएका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

२,असार.२०७८,बुधबार ११:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्