काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

सामुदायिक वन उपभोक्ता महासंघको अपील, विपद् व्यवस्थापनमा ध्यान दिऔं

5.62K
shares
khanepani bord

काठमाडौं । बाढी पहिरोको जोखिममा परेका समुदायलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सामुदायिक वन उपभोक्ता महासंघले अपील गरेको छ । महासंघले बुधबार एक अपील जारी गर्दै अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले देशभर ठूलो मात्रामा जनधनको क्षति भइरहेकाले तीनै तहका सरकारलाई विपद् न्यूनीकरण तथा व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको हो ।

प्राकृतिक प्रकोपबाट गर्भवती महिला, बालबालिका, अशक्त र विपन्न वर्ग बढी प्रभावित हुने भएकाले उनीहरुलाई विशेष प्राथमिकताका साथ राहत, उद्धार र पुनर्स्थापनाका लागि पनि महासंघले अपील गरेको छ ।

महासंघकी अध्यक्ष भारती पाठकद्वारा जारी अपीलमा भनिएको छ, ‘देशभर रहेका २२ हजारभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहहरुले यस विपद्को घडीमा राहत, उद्धार र पुनर्स्थापनामा जुट्न र सम्भावित घटनाहरुबाट सचेत रहन स्थानीयस्तरमा रहेका सञ्चार माध्यम, सामाजिक सञ्जालमार्फत व्यापक रुपमा सचेतीकरण अभियानमा लाग्न र समुदायका युवाहरु परिचालन गर्न सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका सबै संरचना तथा सरोकारवालाहरुलाई समेत सक्रिय रुपमा सहयोगमा जुट्न हार्दिक आव्हान गर्दछौं ।’

IME
khanepani