काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज अपरान्ह ४ बजे बस्दै

4.3K
shares
khanepani bord

काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बुधबार अपरान्ह ४ बजे बस्न लागेको छ ।

गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न लागेको हो ।

बैठकमा हालको स्थितिबारे समीक्षा हुनेछ भने प्रतिकार्यको विषयमा पनि निर्णय हुने भनिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत सदस्य रहन्छन् ।

बुधबार बिहान १० बजे विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसिसकेको छ ।

IME
khanepani