नेपाललाई तत्काल १४ लाख डोज अस्ट्राजेनेका खोप दिलाउन डब्लुएचओको आग्रह

काठमाडौं । नेपाललाई तत्काल १४ लाख डोज अस्ट्राजेनेका खोपको आवश्यकता रहेको बताउँदै विश्व स्वास्थ्य संगठनले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।

डब्लुएचओका नेपाल प्रतिनिधि डा. राजेश पाण्डवले भिडियो सन्देश जारी गर्दै पहिलो डोज लगाएर दोस्रो मात्रको प्रतीक्षामा रहेका १४ लाख नेपालीलाई खोप जरुरी भएको जनाएका छन् ।

६५ वर्ष उमेर माथिको उक्त समूह कोरोनाभाइरसको जोखिम वर्गमा रहेकाले तत्काल सहायताको जरुरी रहेको समेत डा. पाण्डवले जनाएका छन् ।

२,असार.२०७८,बुधबार १६:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्