१४ जिल्लामा कोभिड संक्रमणमा वृद्धि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । मुलुकका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको सरकारले जनाएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले पछिल्ला १४ दिनमा ती जिल्लामा भाइरस संक्रमण बढेको जनाए ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा संक्रमणमा वृद्धि भएको हो ।

संक्रमण वृद्धि भएका जिल्लामा उच्च सतर्कता अपनाउन मन्त्रालयले अपिल पनि गरेको छ । अन्य जिल्लामा भने संक्रमण ओरालो लागेको मन्त्रालयले जनाएको छ ।

४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको प्रवक्ता पौडेलले जनाए । उनका अनुसार अन्य जिल्लामा भने तुलनात्मकरुपमा संक्रमण घट्दै गइरहेको छ । कूल पीसीआर परीक्षणमध्ये संक्रमण दर १८.९ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

२,असार.२०७८,बुधबार १७:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्