धितोपत्र बोर्डको भूमिका यत्ति हो ?

यदि बोर्डका पदाधिकारीले सेयर बजारका बारेमा केहि बोल्न नपाएर वा मिडियामा अनुहार देखाउन नपाएर छटपटि भए बोल्नलाई सानो हरफ तयार पारिदिएको छु त्यहि बोले हुन्छ ।

“धितोपत्र बजारमा लगानी गर्ने क्रममा लगानीकर्ताले आफ्नो जोखिम लिने क्षमताको मूल्यांकन गरि सुसुचित भई अधिकतम विवेक प्रयोग गरेर लगानी निर्णय गर्नेछन भन्ने कुरामा बोर्ड विश्वस्त छ । पुँजि बजारको विकास गर्न, लगानीकर्ताको हितको संरक्षण गर्न, बजारको पारदर्शिता कायम गर्न र नियम कानुनको पालना गराउने कुरामा बोर्ड प्रतिवद्ध छ ।”

तर यो किन, यो बेच, बजार बढ्छ, घट्छ, यो कम्पनीमा जोखिम छ यसमा छैन भन्ने जस्ता कुराहरु रेफ्रिको भूमिकामा बसेको संस्थाले गर्न मिल्दैन । नियामकले किन्नेलाइ मात्र हैन बेच्नेलाई पनि न्याय दिन सक्नु पर्छ । यो किन भनि रहदा बेच्नेलाई अन्याय भै रहेको हुन्छ। यो बेच भन्दा किन्नेलाई अन्याय भै रहेको हुन्छ ।

बजार बढ्छ भनि रहदा घट्ने आश भएकालाई अन्याय भै रहेको हुन्छ भने घट्छ भनिरहदा बढ्ने आश भएकालाई अन्याय भै रहेको हुन्छ । बोर्डले जोखिम पुर्ण भनि सुचि सार्वजनिक गर्दा सेयर होल्ड गरेर बस्नेहरुलाई पिडा थपि दिएको छ भने अर्को तर्फ सुचि बाहेकका सवै कम्पनीमा जोखिम छैन वा जोखिम मुक्त छन जति वा जसरी लगानी गरे पनि हुन्छ भन्ने संदेश गइ रहेको हुन्छ । सेयर बजारमा नियामकले जोखिम मुक्त भन्ने शब्दको प्रयोग गर्नु आफैमा मुर्खता सिवाय केहि पनि हैन ।

सम्पुर्ण सेयर बजार नै जोखिमपुर्ण हुने भएकाले त्यस भित्र कुनै कम्पनी जोखिम युक्त र कुनै जोखिममूक्त भनेर नियामकले परिभाषित गर्नु आफैमा हास्यास्पद छ र यसलाई भन्छन नमच्चिने पिंगको सय झड्का। वा कहि नभएको सेयर बजारको जात्रा खुमलटारमा । लगानीकर्तालाई विवेक प्रयोग गर भन्ने सँस्थाको यो अविवेकि हर्कतले पुँजिबजारको नियामकको नियामकिय क्षमताको स्तर छरपष्ट भएको छ । यदि यी कम्पनीको सेयर दोस्रो बजारमा अनियमित तरिका बाट कारोबार भएको पाएको भए कहिले र कसरी भएको थियो र तीनलाई बोर्डले कस्तो कारबाहि गर्दैछ र पिडितले कसरी क्षतिपुर्ति पाउछन त्यो पनि स्पष्ट हुनुपर्छ ।
फेसबुकवालबाट साभार

२,असार.२०७८,बुधबार २१:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्