काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशन सार्ने एजेन्डा

5.77K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

मुख्यतया आजको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन्।

सभापति शेरबहादुर देउवाको निवासमा पछिल्लोपटक बसेको पदाधिकारी बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव छलफल गरी निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी छ।

कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने बताएको छ।

भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ। कोरोना महामारी कायमै रहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेबारे पनि आज बैठकमा छलफल हुनेछ। कांग्रेसमा केन्द्रीय समिति चयन गर्न महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर मतदान गर्ने गरिन्थ्यो।

जिल्ला, क्षेत्र वा प्रविधि प्रयोग के गरेर महाधिवेशन गर्न सकिन्छ भन्नेबारे आज केन्द्रीय समितिमा छलफल गरी टुंगो लगाइने भएको छ।

कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेकोमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य बनेका छन्। यिनै क्रियाशील सदस्यबाट वडा कार्यसमिति बन्नेछ भने उनीहरूले क्षेत्रीय प्रतिनिधि चयन गरी महाधिवेशनका लागि प्रतिनिधि पठाउँछन्।

IME
khanepani