काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

प्रशासकीय अधिकृतलाई मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ

5.23K
shares
khanepani bord

वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुवर्ण गाउँपालिका ४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव पक्राउ परेका हुन् । यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत कार्यालय सहयोगी हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग अपरिचित नम्बरबाट फोन तथा म्यासेज गरी एक घण्टाभित्र १५ लाख रुपैयाँ दिनु नत्र गोली हानी हत्या गर्छु भनेर धम्की दिएको आरोप उनीमाथि छ ।

फोनको अडियो रेकर्डसहित प्रशासकीय अधिकृत श्रीवास्तवले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा यादवको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘अधिकृतले धेरै पैसा कमाएको छ, मैले धम्की दिएर माग्दा ममाथि शङ्का पनि हुँदैन भन्ने उसलाई परेको रहेछ,’ उनले भने, ‘नयाँ सिमबाट प्रशासकीय अधिकृत बाहेक अरुलाई फोनसमेत नगरेको पाइयो, अनुसन्धानको क्रममा करारमा कार्यरत कार्यालय सहयोगी यादवको संलग्नता देखियो, त्यसैले उनलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेका छौं ।’

यादवले घटनामा भारतीय आफन्तको समेत प्रयोग गरेको खुल्न आएकोले उनीहरुको खोजी भइरहेको डीएसपी मिश्रले बताए ।

यादवविरुद्ध अदालतमा आपराधिक लाभसम्बन्धी मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

IME
khanepani