दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन, कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रनुस्

5.2K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरू आक्रमक ढंगले प्रस्तुत भएकोले सरकारको कामबाट त्यसको खण्डन गर्न आग्रह गरे । प्रधानमन्त्रीले भने, ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ ।’

सरकारको विरोध गर्दागर्दै लामो समय कटाएको भएपनि केहीले सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको उनको टिप्पणी थियो ।

प्रधानमन्त्रीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबानमा नपर्ने बताएका छन् । ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो’, ओलीले भने, ‘सिमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’

सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको बताउँदै प्रधानमन्त्रीले भने, ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी निकाल्ने काम रोक्ने, खानी पत्ता लगाउने त्यो खानी उपयुक्त छ कि छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकूल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनिमात्रै खानिबाट गिट्टी बालुवा निकाल्ने ।

बढी भयो भनेदेखि त हामीले विक्रि पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन । हामीले चुरेको संरक्षण गर्न खोजेको । हामी चुरे विनास होइन चुरेको संरक्षण गर्न लागि परेका छौं । चुरेको संरक्षण गरिन्छ । ठोस योजनाका साथ हामी लागेका छौँ ।

IME
khanepani