सहयोग गर्न अपिल, मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालन

काठमाडौ । काठमाडौ मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालनमा ल्याएको छ।

संकटका बेला सहयोग गर्न नगरपालिकाले अपिलसमेत गरेको छ।

मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो।

बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ।

४,असार.२०७८,शुक्रबार १४:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्