काठमाडौं । महाकाली नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन जन तथा मौसम विभागले आग्रह गरेको छ ।
शनिबार बिहान ६ : ३० बजे महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय डुबान भइरहने होचा स्थानमा रहेकालाई सांझसम्म सतर्कता अनपाउन विभागले सूचना जारी गरेको हो ।
असार लागेसँगै वर्षाका कारण देशका विभिन्न ठाउँ पहिरो तथा बाढीबाट प्रभावित भएका छन् । महाकालीसँगै कोशी,कर्णाली,कन्काई,पश्चिम राप्ती,बबई जलाधारका केही स-साना सहायक नदीमा क्षणिक वर्षाका कारण बहाब बढ्दो छ । विभागले सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्