काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

महामारीको मौका छोपेर उपभोक्ता ठग्ने ५ व्यवसायिक फर्मलाई जरिवाना

5.77K
shares
khanepani bord

रुपन्देही । महामारीको मौका छोपेर उपभोक्तालाई ठगेको व्यापक गुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । बिहीबार र शुक्रबार जिल्ला अनुगमन समिति रुपन्देहीले मापदण्डविपरीत व्यवसाय संचालन गर्ने रुपन्देहीका पाँच व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरेको छ ।

शुक्रबार जिल्ला अनुगमन समितिले सिद्धार्थनगर नगरपालिका-४ का आर.के.एग्रो इण्डष्ट्रिज, सिद्धार्थनगर-६ को नीमा किराना पसल, सिद्धार्थनगर-४ को अम्बे इन्टरनेशनललाई जरिवाना गरेको हो ।

अनुगमन समितिले बिहीबार अनुगमनका क्रममा स्मृति ट्रेडर्स र शिवजी शब्जी भण्डारलाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय र जिल्ला प्रहरीको संयुक्त अनुगमन समितिले आर.के. लाई ५० हजार, अम्बेलाई २० हजार र नीमालाई ५ हजार रुपैयाँ जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा भ्याटबिल काट्नु पर्नेमा इष्टिमेट विल काटेको, लेबलिङ, मूल्यसूचि, खरिदबिक्री दरमा एकरुपमा नभएको पाइएपछि कारवाही स्वरुप जरिवाना गरिएको पौडेलले बताए ।

जरिवाना गरिएका फर्मलाई ७ दिनभित्र जरिवाना रकम दाखिला गर्न अनुगमन समितिले निर्देशनसमेत गरेको छ । कारवाहीमा परेका व्यवसायिक प्रष्ठिानले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिमको कसूर गरेको पाइएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना गरिएको बाणिज्य कार्यालयले जनाएको छ ।

IME
khanepani