काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

तामाकोसी नदीमा मिसिने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन,सतर्क रहन दोलखा प्रशासनको अपिल

4.49K
shares
khanepani bord

काठमाडौं । तामाकोसी नदीमा मिसिने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ।

शनिबार बिहानैदेखि तिब्बत क्षेत्रमा पर्ने उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।

शुक्रबार तिब्बतमा पर्ने रोङ्सी खोला पहिरोले थुनिएको थियो।

‘चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ,’ घिमिरेले भने।

उक्त खोला तामाकोसी नदीमा आएर मिसिन्छ। दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोसी दोभान छ।

पहिरो खुलाउने क्रम जारी रहँदा प्रशासनले स्थानीयलाई सचेत हुन अपिल गरेको छ।

पहिरो हटेपछि पानीको बहाव बढ्ने भएकाले केही ठाउँ क्षति हुनसक्ने अनुमान गरिएको छ। तथापि, अहिलेसम्म पानी आइनसकेको र स्थिति साधारण नै रहेको घिमिरेले बताए।

IME
khanepani