हेलम्बुमा भारतीय र चिनियाँ २३ जना अझै बेपत्ता, क्षतिको विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौं । असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी हालसम्म २३ जना वेपत्ता रहेको गाउँपालिकाले जनाएको छ ।

चार जना महिलासहित बेपत्ता हुने २३ मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् । गाउँपालिकाले शनिवार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण सार्वजनिक गरेको छ । बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

५,असार.२०७८,शनिबार १८:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्