काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

महन्थ ठाकुरले किर्ते कागज निर्वाचन आयोगमा पेश गरेको लगायो उपेन्द्र पक्षको आरोप

5.88K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरले किर्ते जालसाजी गरेर निर्वाचनमा आयोगमा फर्जी पत्र दर्ता गरेको आरोप लगाएको छ ।

जसपा अध्यक्ष ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बेठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए ।

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ- निर्वाचन आयोग,पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक,गैरकानूनी तथा दण्डनीय कार्य हो ।

जसपाको पुस ७ गतको वैठकले गरेका निर्णय अध्यक्षद्धय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्धारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त वैठकको कार्यसूचीमा नरहेको विज्ञप्तिमा उल्लेख छ । जसपाको विवाद अहिले निर्वाचन आयोगमा छ ।

IME
khanepani