काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

रूसमा फेरि बढ्न थाल्यो कोरोना, मान्दैनन् मानिसहरू लगाउनै खोप

5.54K
shares
khanepani bord

एजेन्सी । रूसमा कोरोनाभाइरसको संक्रमण बढ्न फेरि थालेको छ। पछिल्लो समय राजधानी मस्कोलगायत क्षेत्रमा संक्रमित बढ्न थालेका हुन्। संक्रमितमध्ये धेरैलाई भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएको अधिकारीहरूले जनाएका छन्।

गत शुक्रबार मस्कोमा ९ हजार ५६ जना संक्रमित थपिएका थिए। मस्कोमा कोरोना महामारी सुरू भएपछि पहिलो पटक एकैदिन यति धेरै संक्रमित थपिएका हुन्।

संक्रमण बढ्न थालेपछि मस्कोका अधिकारीहरूले कोरोना वार्डमा ५००० बेड थपेका छन्।

वर्ल्डोमिटरको आँकडाअनुसार रूसमा पछिल्लो २४ घन्टामा १७ हजार ९ सय ६ जना संक्रमित थपिएका छन् भने ४ सय ६६ जनाको मृत्यु भएको छ।

रूसमा अहिलेसम्म ५२ लाख ९९ सय हजार मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख २८ हजारको मृत्यु भएको छ।

रूसी राष्ट्रपति भ्लादमिर पुटिनले संसारमै सबैभन्दा पहिला गत वर्ष अगस्टमा कोरोनाभाइरसविरूद्धको खोपलाई अनुमति दिएका थिए। स्पुतनिक- भी नामक उक्त खोपलाई अनुमति दिएको महिनौं बित्दा पनि रूसी नागरिकहरू खोप लगाउन हच्किरहेका छन्। विभिन्न अध्ययनहरूले स्पुतनिक-भी कोरोनाविरूद्ध प्रभावकारी रहेको देखाएका छन्।

न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म रूसमा जम्मा ९.९ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन्।

देशकै वैज्ञानिकहरूले खोप बनाइरहँदा पनि मस्कोलगायत शहरका मानिसहरूले खोप लगाउन मानिरहेका छैनन्। उनीहरूले खोप नलगाउनुका विभिन्न कारण छन्।

रूस सरकारले खोपसँगै आफ्नो शरिरमा माइक्रोचिप्ससमेत राखिदिने मानिसहरूले आशंका गरेका छन्। त्यसपछि सरकारले आफ्नो हरेक कदमलाई ट्र्याक गर्न सक्ने उनीहरूको चिन्ता छ। साथै, आफ्ना अन्य पुस्तालाई पनि त्यसरी नै ट्र्याक गर्न लागेको उनीहरूको आशंका छ।

स्वतन्त्र सामाजशास्त्रीहरूले खोप लगाउनमा आनाकानी हुनु नागरिक र रूसी सरकारबीच टुटेको विश्वासको संकेत भएको बताएका छन्।

‘खोपलाई अस्वीकार गर्नु रूसी नागरिक र अधिकारीहरूबीच टुटेको सम्बन्धको कारण हो,’ लेभादा सेन्टरका वरिष्ठ अनुसन्धानकर्ताले भने।

मस्कोमा रूसीहरूका लागि खोप नि:शुल्क छ। मस्कोका पार्क, मल, सपिङ सेन्टरलगायत विभिन्न ठाउँमा खोप केन्द्र बनाएको छ। साथै खोप लगाएपछि कतिपय ठाउँमा आइसक्रिमसमेत दिइएको छ।

सरकारले नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्न केही भत्ता र नि:शुल्क हवाई सेवासमेत दिएको छ।

केही समयअघि मस्कोका मेयर सर्गेइ सोबयानिनले आफ्ना नागरिकलाई खोप लगाउन भनेका थिए। उनले युरोपका शहरहरूमध्ये मस्कोमा सबैभन्दा थोरै प्रतिशत मानिसहरूले खोप लगाएको बताएका थिए।

एक करोड २० लाख नागरिक भएको मस्कोमा १३ लाखले मात्रै खोप लगाएका छन्।

‘मानिसहरू मरिरहेका छन्, तर उनीहरूलाई खोप लगाउन मन लाग्दैन,’ मेयर सोबयानिनले भने।

लेभादा सेन्टरको सर्वेक्षणअनुसार ६२ प्रतिशत नागरिकले खोप लगाउन आनाकानी गरिरहेका छन् भने ५२ प्रतिशत रूसीलाई कोरोना लाग्ने डर छैन।

IME
khanepani