काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

राष्ट्रसंघीय बैठकलाई परराष्ट्रमन्त्रीको सम्बोधन ,आर्थिक सहायताको प्रतिबद्धता पुरा गर्न विदेशी साझेदारहरुलाई ध्यानाकर्षण

6.1K
shares
khanepani bord

काठमाडौँ । अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोगको प्रतिबद्धता जनाएपनि पुरा नभएको भन्दै नेपालले विकास साझेदारहरुलाई पुनः भक्झकाएको छ । राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई भर्चुअल सम्बोधन गर्दै परराष्ट्रमन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकामा जोड दिए ।

नेपालले अतिकम विकसित राष्ट्रमा विकासका लक्ष्य पुरा गर्न लगानी अभाव हुन नदिन साझेदारहरुलाई आग्रह गरेको हो । अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झक्झक्याएको राष्ट्रसंघस्थित नेपाली नियोगले जनाएको छ ।

अल्पविकसित देशहरुको उत्पादकत्व बढाउन क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा विकास साझेदारहरुबाट लगानी हुनुपर्ने परराष्ट्रमन्त्री महासेठको भनाई थियो ।

विकाशसिल मुलुकमा नेपालको स्तरोन्नति हुनु विकासको बाटोमा लम्कने महत्वपूर्ण उपलब्धि हुने बताउँदै मन्त्री महासेठले स्तरोन्नतिको प्रक्रियालाई दिगो र सहज तुल्याउन आन्तरिक एवं बाह्य स्रोेतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने समेत बताए । राष्ट्रसंघको चालु महासभाबाट नेपाल विकासशिल मुलुकमा स्तरोन्नती हुने प्रस्ताव अनुमोदन हुने तयारीमा छ ।

IME
khanepani