
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तुर्जमाको ‘रातो किताबङ्घ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो ।
आइतबार दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची थियो । तर, प्रदेश सरकारले बैठकमा ‘रातो किताब’ नै उपलब्ध नगराएपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।
प्रदेश सरकारले बैठकमै रातो किताब वितरण गर्ने तयारी गरेको थियो । तर, प्रदेशसभा सदस्यहरूले किताबको अध्ययन नगरी छलफल हुन नसक्ने बताएपछि सोमबार दिउँसो तीन बजे बस्ने गरी आइतबार बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्