काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

कोहलपुर नगरपालिकाले कारबाही गर्ने, विद्यालयले अंग्रेजी माध्यमको नाममा शुल्क उठाए

6.38K
shares
khanepani bord

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुले अंग्रेजी भाषा माध्यमको छुट्टै कक्षाको नाममा कुनै पनि शुल्क नउठान निर्देशन दिएको छ ।
निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १-८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा नगर अनुदान रोक्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको हो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले सूचना जारी गर्दै विद्यालयले कुनै पनि शीर्षकमा विद्यार्थी शुल्क लिएको वा शुल्क तिर्न बाध्य बनाउन कोशिस गरिएको जानकारी वा सूचना प्राप्त भइ पुष्टि भएमा त्यस्तो शुल्क लिने विद्यालयबाट सम्बन्धित विद्यार्थी÷अभिभावकलाई तत्काल फिर्ता गराउने समेत चेतावनी दिएको छ ।

चालु शैक्षिक सत्रका लागि पनि आधारभूत तहका सबै कक्षाहरुको पठनपाठन तथा विद्यालय सञ्चालन खर्च नगर अनुदानबाट व्यवस्थापन गरिएको हुँदा नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयका आधारभूत तह (बालविकास र कक्षा १-८) मा सञ्चालन हुने नेपाली तथा अंग्र्रेजी भाषा माध्यामका कक्षाहरु पूर्ण रुपमा निःशुल्क सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको हो ।

नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई आ.व. २०७६÷७७ देखि नै पठनपाठन तथा परीक्षा सञ्चालन, शिक्षक व्यवस्थापन, शैक्षिक सामाग्री, मर्मत सम्भार कार्यका लागि नगरपालिकाबाट चौमासिक रुपमा अनुदान बजेट उपलब्ध गराउँदै आएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै कक्षा ९ र १० को वार्षिक तथा मासिक लगायतको शुल्क संरचना पुस्ट्याई सहित पेश गर्न र स्वीकृति लिन सूचित गरेको छ ।

साथै संस्थागत विद्यालयहरुलाई विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ बमोजिमको शुल्क संरचना तथा पाठ्यपुस्तकको सूची पेश गर्न समेत निर्देशन दिइएको छ ।

IME
khanepani