
काठमाडौं । काठमाडौं उपत्यका भित्रमात्र कार्यालयको संरचना भएको अड्डाका कर्मचारीहरु किन एक शाखाबाट अरु शाखामा सरुवा भएर नजान शक्ति केन्द्र धाउँछन ।
यसमा आर्थिक चलखेल र अनियमितता नै प्रमुख कारण रहेको जानकारहरुको तर्क रहेको छ ।
काठमाडौं उपत्यका भित्र कार्यालयको संरचना भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा केहि समय अगाडि केहि कनिष्ठ अधिकृतहरुको सरुवा भएको थियो । तर, ति कनिष्ठ अधिकृतहरु सरुवा भएको ठाउँमा नगइकन पुरानै कार्यालयमा लिसो टाँसिए जसरी बसिरहन ठुल ठुला शक्ति केन्द्रहरुमा धाएर सरुवा बदर गराउन लागि परेका छन ।
यसमा प्रशासनिक क्षमता नभएका सिईओ मिलनकुमार शाक्यको अर्कमर्णता नै प्रमुख बाधक भएको केयूकेएलमा तर्क गर्नेहरुको भनाइरहेको छ ।
केयूकेएलमा स्वार्थ केन्दीत वर्षे च्याउँ जस्ता कर्मचारी युनियनहरुका नेताहरुको व्यक्तिगत स्वार्थमा बन्दक बनेका शाक्यको द्रव्यमोहका कारण पनि यहाँ सरुवा र बढुवामा केहि न केहि किचलो हुने गरेको पनि समाचार स्रोतले दावी गरेको छ ।
सरुवा गर्ने र आफै सरुवा पत्र नबुझिकन बस्नु भन्ने सिईओको मौखिक आश्वासन पनि कर्मचारीहरु सरुवा भएको ठाउँमा नगइकन सरुवा बदरका लागि मरिहत्ते हाल्ने एउटा कारण बनेको छ । अर्को तरमारेर खाइरहेकाहरु अर्को अड्डामा सरुवा हुनासाथ त्यो अवसरलाई केहि समय कुर्नु पर्ने कारणले यहाँका कर्मचारीहरुमा छाडातन्त्र हावि भएको छ । केयूकेएल यतिखेर कर्मचारीहरुको लागि केयूकेएल गौचरण जस्तै भएको छ ।
पछिल्लो समयमा सरुवा भएका कर्मचारीहरुले रमना र सरुवा पत्र नै बुझ्न आनाकानी गरेपछि केयूकेएल कर्मचारी महाशाखाले रमना नदिने शाखा प्रमुखलाई नै स्पष्टिकरण सोध्ने तयारी गरेपछि सरुवा भएका कर्मचारीहरु रमना बुझ्न तयार भएका छन ।
यसरी शक्ति केन्द्र धाउने कर्मचारी हुन, लाउलाखेल शाखामा स्टोरकिपर रहेकि उमा उप्रेती । उनले मन्त्री देखि पत्रकारसम्मलाई सरुवा रोकिदिन हारगुहार गरेकि थिइन । उनले करिव ६० जना भन्दा बढीलाई सरुवा रोकि दिन अनुरोध गरेकि थिइन । उप्रेतीले सरुवा रोकिदिन आर्थिक चलखेलसम्म गरेको बुझिन आएको छ । उनले दुईचीरा परेको खानेपानी कर्मचारी संगठनका अध्यक्ष नवलसिंह साउदलाई धेरै प्रेसर दिएको बुझिन आएको छ । त्यसैले साउदले यसलाई आफ्नो प्रतिष्ठाको विषय समेत बनाएका छन । त्यसैगरि विष्णु पन्थी ठिमि शाखामा बसेर अकुत संम्पति आर्जन गरिसकेका लेखा सहायक हुन । उनी लेखापाल बराबर नै कमिशनमा हिस्सा खोज्ने लेखा सहायक हुन । उनले जागिरको सुरुवाति समयमानै लेखामा बसेर काम गर्न पाउने भाग्यमानी लेखा सहायक हुन । उनले छोटो समयमा नै राम्रै आर्थिक हैसियत बनाएका छन ।
ठिमिमा राजु खड्का लेखा अधिकृत हुदाँ उनलाई समेत चस्का दिन सक्ने चतुर कर्मचारी हुन पन्थी । उनी पनि त्यहाँबाट सरुवा भइसकेका छन । उनी पनि सोहि ठाउँमा बस्न निक्कै ठुलो राजनितिक शक्ति लगाएका छन । पन्थी साउदकै निकट मानिएका कारण सरुवा थमौति हुनु पर्नेमा जोड दिईरहेका छन ।
यसैगरि बिष्णु खड्का टेड्र युनियन कांग्रेस भक्तपुर जिल्लाका अध्यक्ष हुन । उनी पनि सुन्दरीजल सरुवा भएका छन । भक्तपुरमा काम नगरिकन राजनितिमा सक्रिय खड्का पनि सुन्दरीजल नजाने भनेर सरुवा थमौतिमा लागेका छन । उनको सरुवा थमौतिको ठेकेदार हुन, नेपाली कांग्रेस निकट कर्मचारी संघका अध्यक्ष सन्तबहादुर बोहोरा । उनले अर्का अच्युत रेग्मीलाई पनि क्षेत्रपाटी शाखामै थमौति मिलाउन धेरै जनासँग हारगुहार गरेका थिए । तर, अब उनी पनि सरुवाको पत्र बुझेर सरुवा भएको ठाउँमा जान तयारी गर्दै रहेको बुझीन आएको छ ।
प्रतिक्रिया दिनुहोस्