नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । काठमाडौं । नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा गरेको छ ।

कोरोना महामारीका कारण एक वर्षमा हुनुपर्न सरुवा १४ महिनामा भएको हो । केन्द्रीय अनुसन्धान ब्युरोमा २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहलाई पठाइएको छ भने उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय नक्साल सरुवा गरिएको हो ।

हेर्नुस् पुरा सुची

७,असार.२०७८,सोमबार १९:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्