काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

कोरोना खोप लगाउँदिनँ भन्नेलाई जेल हालिदिन्छु:फिलिपिन्सका राष्ट्रपति

5.64K
shares
khanepani bord

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोनाभाइरसविरूद्धको खोप लगाउन अस्वीकार गर्नेलाई जेल हाल्दिने चेतावनी दिएका छन्।

सोमबार टेलिभिजनबाट सम्बोधन गर्दै दुतुर्तेले भने- तपाईंले भ्याक्सिन लगाउनु पर्छ वा जेल जानुपर्छ।

राजधानी मनिलाका खोप केन्द्रहरूमा एकदमै कम मानिसहरू खोप लगाउन गएपछि राष्ट्रपति दुतुर्तेले यस्तो चेतावनी दिएका हुन्।

फिलिपिन्समा अहिलेसम्म १३ लाख मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ भने २३ हजारले ज्यान गुमाएका छन्।

फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले यसअघि नागरिकलाई खोप लगाउन आग्रह गरे पनि त्यो स्वेच्छिक हुने बताएका थिए। खोप नलगाइदिने फिलोपिनोहरूको व्यवहारले दिक्क भएको उल्लेख गर्दै राष्ट्रपति दुतुर्तेले देश संकटमा भएकाले आफूलाई गलत रूपमा नबुझ्न पनि भनेका छन्।

फिलिपिन्समा अहिलेसम्म २१ लाख मानिसहरूलाई पूर्ण रूपमा खोप लगाइएको छ।

११ करोड जनसंख्या भएको फिलिपिन्समा सरकारले सन् २०२१ को अन्त्यसम्म ७ करोड मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ।

IME
khanepani