काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना भए कांग्रेस महासमिति सदस्य (सूचीसहित)

5.42K
shares
khanepani bord

काठमाडौं । राप्रपा महामन्त्री छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापाको समूहले कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा समायोजना गरेको हो ।

महासमिति सदस्यमा समायोजना हुनेमा रामकृष्ण भट्टराई,विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीसहितका विभिन्न तहका नेता छन् । अधिकांश मोरङका छन् भने अन्यमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कपिलवस्तु, रामेछापलगायतका जिल्लाका नेता छन् ।

IME
khanepani