
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका २ का ६८ वर्षीय र बागलुङ नगरपालिका ३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।
६८ वर्षीयको मंगलबार बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका (कोभिड–१९) स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड २ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाउनुभएका बागलुङ २ का पुरुषमा भने आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाको लक्षण देखिएपछि उनको सोमबार साँझ मात्रै स्वाबको नमुना संकलन गरिएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । जसमध्ये गत वैशाखयता शुरु भएको कोरोना महामारीको दोस्रो लहरमा मात्र ४१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्