काठमाडौं । दलित भन्ने थाहा पाएपछि घर भाडामा नदिएकाे भन्दै पत्रकार रूपा सुनारको जाहेरीमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।
प्रहरीले मंगलबार मुद्दा अदालतमा बुझाइसकेको छ । मुद्दामा प्रहरीले गहिरो अनुसन्धान नगरेको दलित अधिकारकर्मीको आरोप छ ।
उनीहरुका अनुसार गत शुक्रबार नै पक्राउ पुर्जी जारी भएको थियो । तर, आरोपितलाई त्यसको दुई दिनपछि आइतबार मात्रै पक्राउ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्