बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

दाङ र सप्तरीका सीडीओको सरुवा

5.47K
shares
khanepani bord

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा भएको हो ।

गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रजिअ फणिन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

द्रोण पोखरेलले अनिवार्य अवकाश पाएपछि कारागार व्यवस्थापन विभागको महानिर्देशक पद रिक्त थियो ।

IME
khanepani