बाँकेमा १० किलो अफिमसहित एकजनालाई पक्राउ

काठमाडौं । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका रनियापुरबाट पक्राउ परेका हुन् ।

१० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका शाहीलाई लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

९,असार.२०७८,बुधबार १२:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्