काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल...

पुरा पढ्नुहाेस्

सर्वोच्चले मन्त्रीहरू पदमुक्त गरेपछि जसपाको ठाकुर पक्षका नेताहरु बैठक बस्दै

5.62K
shares
khanepani bord

काठमाडौ । काठमाडौ जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरू आज छलफल गर्न लागेका छन्।

दिउँसो १ बजे बबरमहलमा उनीहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका छन्।

जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो। महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए।

तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका थिए। मंगलबार पदमुक्त भएका मन्त्रीहरू र नेताहरू अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुट्न लागेका छन्।

पर्यटन मन्त्रीबाट पदमुक्त भएका जसपा नेता उमाशंकर अरगरियाले आज समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको बताए।

जसपामा ओली सरकारमा जाने कि नजाने भन्नेमा विवाद थियो।

अध्यक्ष ठाकुर पक्ष सरकारमा गएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनतर्फ लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका लागि अगाडि सार्दै हस्ताक्षर गरेका थिए।

अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारवाहीसमेत गरेका थिए। तर निर्वाचन आयोगले ठाकुर र यादव दुबै पक्षको कारवाहीलाई कार्यान्वयनमा ल्याएको छैन।

IME
khanepani