काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित

5.47K
shares
khanepani bord

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच आगामी जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले बिहीबार उक्त सिरिज स्थगित भएको जानकारी गराएको छ । कोरोना महामारीका नामिबियाको अवस्था खराब रहेको र प्रशिक्षण तयारी तथा यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित गरिएको आईसीसीले जनाएको छ ।

अब यो सिरिज एक वर्षपछि अर्थात २०२२ को जुलाईमा हुने आईसीसीको भनाइ छ । नेपालले यही सिरिजका लागि मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।

IME
khanepani