मन्थली नगरपालिकाको बजेट १ अर्ब ७ करोड(तस्वीरमा एक झलक)

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ७२ रुपैँया बजेट ल्याएको छ ।

बिहीबार नगरसभामा नगरप्रमुख रमेशकुमार बस्नेतले चालु तर्फ १० करोड ६६ लाख ४ हजार, सशर्तको चालु तर्फ ५७ करोड ९१ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको बताए । नगरसभाले सशर्त/निशर्त दुबैबाट पूँजीगत कार्यक्रमको लागि ३९ करोड २७ लाख ७० हजार ८ सय ७२ रुपैँया विनियोजन गरिएको छ ।

नगरपालिकाले सबैभन्दा बढी रकम पूर्वाधार विकासमा १२ करोड ७० लाख रुपैँया छुट्याइएको छ । नगरसभाले १४ वटा वडा कार्यालयको लागि ९ करोड रुपैँया छुट्याइएको छ ।

नगरका प्रमुख सडक एवं रणनीतिक महत्वका सडक र वडा कार्यालय जोड्ने सडकहरुलाई स्तरोन्नति गरी कालो पत्रे गर्न र वाहै महिना यातायातका साधनहरु चल्ने गरी सडकको स्तरोन्नति, सुधार र मर्मत सम्भारका साथै नगरभित्र सञ्चालित तिल्केस्थान गढी, गाइखुरा भिमसेन थान पैदल मार्ग, थानपति महादेव सिढी निर्माण योजनाका वाँकी कामहरु पुरा गर्ने गरी आवश्यक वजेटको व्यवस्था गरिएको छ ।

वडा नं १ मा नयाँ वडा कार्यालय भवन निर्माण, नयाँ निर्मित वडा कार्यालय भवनहरु र आधारभूत स्वास्थ्य केन्द्र भवनहरुमा कम्पाउण्ड, गैराथोक र वेतिनीमा सहरी स्वास्थ्य केन्द्र भवन निर्माण, लिफ्ट सिचाँई, खानेपानी र विश्राम स्थलहरु निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरेको छ । समग्रमा पूर्वाधार विकास तर्फ रु १२ करोड ५० लाख वजेट विनियोजन गरिएको छ ।

योजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुल्यांकन कार्यलाई थप प्रभावकारी बनाई उपभोक्ता समितिका पदाधिकारीहरुका लागा योजना निर्माण र सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी पूर्वाधार निर्माणको गुणस्तर कायम गराउन रु २० लाख बिनियोजन गरी विशेष जोड दिइएको छ।

११,असार.२०७८,शुक्रबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्