लकडाउनका कारणले बन्द भएका सरकारी कार्यालय मकवानपुरमा आइतबारदेखि खुल्ने

बागमती । मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

जिल्लामा एक हजारभन्दा बढी कोरोनका सक्रिय संक्रमित रहेकाले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सबै कार्यालय प्रमुखहरुलाई परिपत्र गरिएको उनले बताए ।

प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न प्रशासनले भनेको छ ।

११,असार.२०७८,शुक्रबार १५:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्