काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

कोभिड मापदण्ड तोड्दै चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्रीले दिए राजीनामा

5.47K
shares
khanepani bord

एजेन्सी । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै एक जना सहयोगीलाई अँगालो हालेर चुम्बन गरेपछि उनको तीव्र आलोचना भएको थियो।

ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्।

केही समयअघि मन्त्री ह्यानककले नियुक्त गरेकी एक जना महिला सहयोगीलाई उनले अँगालो हालेको र चुम्बन गरेको तस्बिर द सन पत्रिकाले शुक्रबार छापेको थियो। अरूलाई लकडाउनमा राखेर मन्त्री आफैंले मापदण्ड उल्लंघन गरेको भन्दै उनको तीव्र आलोचना भएको थियो।

‘यी नियमहरू जसले बनाए उनीहरूले तिनको कडाइका साथ पालना गर्नुपर्छ, त्यसैले म राजीनामा दिन्छु,’ ४२ वर्षीय ह्यानककले ट्विटरमा पोष्ट गरेको भिडिओमा भनेका छन्।

ह्यानकक बेलायतमा कोरोनाविरूद्धको लडाइँमा अग्रभागमा थिए। उनी टेलिभिजनमा ब्रिफिङ दिन्थे र मानिसहरूलाई मापदण्ड पालना गर्न आग्रह गर्थे।

ह्यानककको ठाउँमा अब साजिद जावेद नयाँ स्वास्थ्य मन्त्री हुने भएका छन्। उनी पूर्वअर्थमन्त्री हुन्।

बेलायत संसारमा सबैभन्दा धेरै कोरोना संक्रमित भएका मुलुकमध्ये पर्छ। त्यहाँ अहिलेसम्म ४७ लाख १७ हजार मानिसमा संक्रमण भएको छ भने १ लाख २८ हजार जनाले ज्यान गुमाएका छन्।

khanepani