दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

इटलीद्वारा २० वटा भेन्टिलेटरसहित नेपाललाई स्वास्थ्य सामग्री सहयोग

6.06K
shares
khanepani bord

काठमाडौँ। इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन्।

हस्तान्तरण्का क्रममा नेपालका लागि इटालीकी राजदूत भिन्सेन्जो डि लुकालगायत जर्मनी र फ्रान्सका राजदूत पनि उपस्थित थिए।

राजदूत डि लुकाले युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत प्रदान गरिएको राहत नेपालीहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको स्रोत भएको बताए।

यस्तै, युरोपियन युनियनकी राजदूत नोनाले यो सहयोगले नेपालीहरुको अमूल्य जीवन बचाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

IME
khanepani