कपनको सडक पिच नभएपछि सडक विभागमा तालाबन्दी गर्न, पुगेका वडाध्यक्षसहित स्थानीय पक्राउ

काठमाडौं । सडक निर्माण अलपत्र परेको भन्दै सडक विभाग तालाबन्दी गर्न पुगेका वडाध्यक्षसहित बूढानीलकण्ठ १२ का केही स्थानीयवासी पक्राउ परेका छन् ।

अलपत्र परेको तेन्जिंग चोक-खरिबोट सडक नबनाइएपछि बबरमहलस्थित सडक विभाग पुगेका वडाअध्यक्ष शम्भु भट्टराईसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको हो ।

वर्षौंदेखि निर्माण रोकिएर ठेकेदार नै सम्पर्कमा नआएको भन्दै पटकपटक सम्पर्क गर्दा पनि कुनै सुनुवजाइ नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अध्यक्ष भट्टराईले बताए । सडक विभागका कर्मचारी सडक निर्माणप्रति उदासीन रहेको उनको गुनासो छ ।

पक्राउ परेकाहरूलाई अहिले तिनकुने प्रहरी कार्यालय लगिएको छ ।

१३,असार.२०७८,आईतवार १३:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्