
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत् एक प्रहरी जवानविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान कासिन्दार यादवमाथि घुस लिएको कसूरमा ६० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रहरी जवान यादवले हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि अख्यितार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीको टोलीले उनलाई गत चैत २६ गते नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्