
कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
गौरीगङ्गा नगरपालिका ३ कुचैनीमा पूर्वबाट पश्चिम आइरहेको से. २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका १७ धुर्जनाका करिब २८ वर्षीय सीताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
चौधरी सवार मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो । गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्