प्रतिनिधि सभा विघटनः देउवा पक्षका वकिलको सकियो बहस, सरकार पक्षको भोलिबाट

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस आज सकिएको छ।

संवैधानिक इजलासमा निरन्तर सुनुवाइ उक्त मुद्दामा बहस गर्न देउवा पक्षका वकिललाई १२ घन्टा बहस गर्ने समय दिइएको थियो। उक्त समयमा देउवा पक्षका २५ भन्दा बढी अधिवक्ताहरूले बहस गरे।

उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै उनीमाथि खनिएका थिए।

आइतबार बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल अधिवक्ता भीमार्जुन आचार्य आदिले बहस गरेका थिए।

देउवाका वकिलले थप तीन घन्टा जवाफी बहस गर्न पाउने छन्।

सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुने छ। सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन्।

देउवा पक्षका वकिलको बहस सकिएसँगै आइतबारको संवैधानिक इजलासको सुनुवाइ पनि सकिएको थियो।

१३,असार.२०७८,आईतवार १६:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्