
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार
पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्