काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिने, सार्वजनिक यातायात सीमित गरेर चलाउन दिने तयारी

5.75K
shares
khanepani bord

काठमाडौं ः उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो। सो बैठकमा निषेधाज्ञालाई कसरी थप व्यवस्थित गर्ने बारेमा छलफल भएको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिन लागिएको छ।
यसबारे सम्पूर्ण निर्णयहरू सोमबार बिहान १० बजे आदेश जारी गर्ने उनले बताए।

त्यस्तै, सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको छ।
छलफलमा अहिलेकै अवस्थालाई निरन्तरता दिने कि अलिकति लुज डाउन गरेर लैजाने भन्ने भयो। लुज गर्दा सार्वजनिक यातायातहरूलाई सीमित गरेर चलाउन दिने तयारी छ,ु उनले भने।
यसको निर्णय भोलिमात्रै हुने प्रजिअले बताए।

IME
khanepani