बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

क्यान्सर रोग अध्ययन संस्थान चितवनमै स्थापना गर्न माग गर्दै, स्वास्थ्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

5.02K
shares
khanepani bord

चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पदाधिकारी र जनप्रतिनिधिहरुको टोलीले शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै चितवनमै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग गरेको छ ।

सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने प्रक्रिया अघि बढाएको विरोधमा ज्ञापन पत्र बुझाइएको हो । ६० प्रतिशतभन्दा बढी क्यान्सरका बिरामीको उपचार गर्दै आएको चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्नुपर्ने उनीहरुको माग छ ।

बिरामीको चाप, जनशक्ति, पूर्वाधार सबै हिसावले भरतपुर क्यान्सर अस्पताल भक्तपुरभन्दा माथि रहेकाले चितवनमा नै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना हुनुपर्नेमा आफूहरु दृढ रहेको अस्पताल सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपानेले बताए ।

क्यान्सर अस्पताल तथा जिल्लाका जनप्रतिनिधिको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले ‘भरतपुर हुनुपर्नेमा टाइप मिस्टेक भएर भक्तपुर हुन गएको हो की ?’ भनेको सञ्चालक समिति सदस्य न्यौपानेले बताए । मन्त्री श्रेष्ठले यसबारे बुझेर अघि बढ्ने प्रतिवद्धता आफूहरु समक्ष जनाएको सञ्चालक समिति सदस्य न्यौपानेको भनाइ छ ।

शिक्षा तथा स्वास्थ्य मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउने टोलीमा क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.निर्मल लामिछाने, एमाले नेताहरु काशीनाथ अधिकारी, कृष्णभक्त पोखरेल, पार्वती रावल, अस्पतालका निर्देशक डा.देजकुमार गौतम, उपनिर्देशक डा.कृष्णसागर शर्मा, सञ्चालक सदस्य, डा. कैलाश भण्डारी र न्यौपाने सहभागी थिए ।

सरकारले बजेट वक्तव्य मार्फत् क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने जनाएको छ । भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययनन संस्थान मातहत सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त घोषणा अनुसार भक्तपुरमा संस्थान रहने गरी प्रक्रियाा अगाडि बढाइएपछि त्यसको विरोध हुन थालेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले भने, ‘भक्तपुर क्यान्सर अस्पतालको पनि विकास होस्, हामी त्यसको विरोधमा छैनौं, तर हामीलाई एउटा सानो अस्पतालको मातहतमा राख्ने काम स्वीकार्य छैन ।’ डा. गौतमले भने, ‘हामी अंकोलोजीमा डीएम, एमसिएच पढाउने भनेर लागेका छौं, हामीकहाँ पर्याप्त जनशक्ति पनि छ, पूर्वाधार पनि छ । सरकारले गल्ती सच्चाउनेमा आशावादी छु ।’

अस्पतालका बोर्ड सदस्य रामप्रसाद न्यौपानेले राजधानी काठमाडौं भन्दा बाहिर विकास गर्न हुँदैन, ठूला पूर्वाधार बन्न हुँदैन भन्ने मानसिकताले अहिलेको समस्या ल्याएको बताए ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेकोप्रति जिल्लामा पाँच राजनीतिक दलले विरोध गरेका छन् ।

कांग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ, माओवादी केन्द्रका यमबहादुर परियार, एमाले माधव पक्षका जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले आइतबार विज्ञप्ती जारी गर्दै भरतपुरमा नै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान बनाउन माग गरेका छन् । उनीहरुले सरकारको निर्णय तत्काल सच्चाउन मागसमेत गरेका छन् ।

क्यान्सर रोगको उपचार, अनुसन्धान र प्रतिरोधात्मक भूमिका, भौतिक पूर्वाधार, शैक्षिक र प्राविधिक रुपमा अग्रणी भूमिका रहेकाले भरतपुरमा नै राष्ट्रियस्तरको क्यान्सर रोग अध्ययन संस्थान हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

IME
khanepani