
पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६४० परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन्।
मन्त्रालयका अनुसार ६६४८ पिसिआर परीक्षणबाट १५०९ र ४९९२ एन्टिजेन परीक्षणबाट ९३५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ८५३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा ४२ जना कोरोना संक्रमितको निधन भएको छ। नेपाली सेनाद्वारा विभिन्न मितिमा गरिएको शव व्यवस्थापनको तथ्याङ्कसहित मन्त्रालयका अनुसार आज थप ४२ जनाको ज्यान गएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणपछि ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ। नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्