सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो ।

यसअघि मन्त्रिपरिषदले एउटा एआइजीको पद थप गर्ने निर्णय गरेको थियो । सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए ।

बढुवा सिफारिस भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । उनको अवकाश पछि नियुक्त हुने महानिरीक्षकमा अब पोखरेलसँग र थापाले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलेको दबाबमा विश्वराजलाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो । तर, मन्त्रिपरिषद्ले सो निर्णय सच्याउँदै एकल प्रतिस्पर्धाको अन्त्य गरेको छ ।

१४,असार.२०७८,सोमबार २१:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्