काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

कृषिमन्त्री शाहीले भने, धान दिवस मनाउँदै कृषिमा युवाको आकर्षण आवश्यक

5.43K
shares
khanepani bord

सुर्खेत । कर्णाली प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी २८ औं धान दिवस मनाइएको छ । वीरेन्द्रनगरमा आयोजना गरिएको धान दिवस विशेष रोपाइँ कार्यक्रममा बोल्दै प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कृषि पेसामा सहभागी हुन युवालाई आग्रह गरेका छन् ।

‘कर्णालीका युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ’, उनले भने, ‘कृषिमा युवाको आकर्षण बढ्ने हो भने विदेशिने युवाको संख्या पनि कम हुन्छ ।’ उनले व्यावसायिक खेतीका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री शाहीले आगामी वर्षको बजेट उत्पादन बढाउने क्षेत्रमा केन्द्रित गरिएको बताउँदै कर्णालीको भोकको समस्या समाधानका लागि उन्नत जातको बिउ र प्रविधिको प्रयोग अनिवार्य रहेको बताए ।

कर्णाली प्रदेशका दश जिल्लाको ३८ हजार ५८७ हेक्टर जमिनमा धान खेती हुने गरेको मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताए । उनले त्यसबाट कर्णालीमा एक लाख ३३ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुने जानकारी दिए ।

IME
khanepani