प्रदेश २ मा आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बोलाइएको बैठकमा अर्थमन्त्री विजयकुमार यादवले असार १ मा प्रस्तुत गरेको बजेटमाथि छलफलको कार्यसूची थियो । प्रदेशसभा सचिवालयका अनुसार बैठकको नयाँ मिति असार २३ गते दिउँसो १ बजे तय गरिएको छ ।

प्रदेशसभा सचिवालयले सांसदलाई मोबाइलमा सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराएको छ । बैठक स्थगितको कारण भने खुलाइएको छैन ।

१५,असार.२०७८,मंगलवार १६:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्