काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

वार्तास्थलमै थुनिए बीपी प्रतिष्ठानका उपकुलपति

5.54K
shares
khanepani bord

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सकसँग व्यवस्थापन पक्षको वार्ता भाँडिएको छ ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरा पिएर आएको आरोप लगाउँदै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले उनीसहित पदाधिकारीलाई वार्तास्थलमै थुनेका छन् । उपकुलपति गिरीको मादक पदार्थ सेवन परीक्षण नगरी बाहिर निस्कन नदिने भन्दै प्रतिष्ठान परिसरबाहिर उपकुलपतिविरुद्ध उनीहरुले नाराबाजी गरेका छन् ।

राजनीतिक दलका प्रतिनिधि अइन्द्रविक्रम बेघाले आन्दोलनकारीले उपकुलपति गिरी, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीसहित पदाधिकारीलाई वार्ता स्थलमा थुनेको जानकारी दिए ।

उनले भने ‘उपकुलपति गिरीसहित पदाधिकारीलाई भित्र थुनिनु भएको छ, ‘अहिले आन्दोलनरत साथीहरुले उहाँको मापसे चेक नगरी बाहिर निस्कन नदिने भनेर उहाँलाई वार्तास्थलमै नियन्त्रणमा राखेका छन् ।’

दुई सातादेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीले सोमबारदेखि रिले अनसन शुरु गरेका थिए । उनीहरुले माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएपछि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मंगलबार दिउँसो वार्ताका लागि भन्दै पत्र पठाएका थिए ।

आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीले वार्ताका लागि ११ सदस्यीय वार्ता टोली गठन गरेर गएका थिए ।

khanepani