काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

गाडीको ठक्करले भरतपुरमा भयो पैदल यात्रीको मृत्यु

7.03K
shares
khanepani bord

चितवन । गाडीको ठक्करबाट चितवनको भरतपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर-१० स्थित बाइपास रोडमा पैदल यात्रीलाई बुधबार बिहान ठक्कर दिएको थियो।

दुर्घटनामा भरतपुर-१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई भरतपुर अस्पताल पुर्‍याइएको र उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनापछि फरार रहेका चालकलाई केही समयपछि केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

IME
khanepani