
काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हेरफेर गरेको छ ।
गृह मन्त्रालयले मङ्गलवार साँझ धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।
गृह उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार मन्त्रालयका उपसचिव कृष्ण प्रसाद पन्तलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । मन्त्रालयकै अर्का राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ । कञ्चनपुरका रामकुमार महतो सर्लाही पुगेका छन् भने धनकुटाका प्रजिअ वासुदेव दाहाल र सर्लाहीका हेमराज तामाङ मन्त्रालय तानिएका छन् ।
यसैगरी जुम्लाको प्रजिअमा मन्त्रालयकी उपसचिव विजया प्रसाईँलाई पठाइएको छ । जुम्लाका प्रजिअ भूपेन्द्र शाहीलाई गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरण पुर्याइएको छ । मुस्ताङमा पोखराका सहायक सिडिओ श्रीनाथ पौडेललाई पठाएको छ भने रुकुम पूर्वका लागि उपसचिव लक्ष्मी प्रसाद बास्कोटालाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्