शम्भु थापालाई जवाफ दिँदै पन्तले भने–‘कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ?

काठमाडौं  : वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिलाई मुद्दा नलाग्ने जिकिर गर्दै विद्यादेवी भण्डारीलाई ‘तिमी को हौ ?’ भन्न नमिल्ने जिकिर गरेका छन् । निवेदक तर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ दिँदै पन्तले भने–‘कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ?’

जेठ ९ मा निवेदकको तर्फबाट बहस गदै वरिष्ठ अधिवक्ता शम्भु थापाले बहुमत सदस्यको हस्ताक्षर सहित शेर बहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावीमा अस्विकार गरेकोमा इजलासबाट राष्ट्रपतिलाई प्रश्न गरेका थिए–‘हु आर यु ?’

पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका हुन् । धारा ७६ (५) ले भनेको आधार भनेको कसैले ‘आकाश थामिदिन्छु मैले भनेपछि पत्याउनुपर्छ’ भनेमा त्यस्तो आधार पत्याउन नमिल्ने पन्तले जिकिर गरेका छन् ।

‘धारा ७६ (५) निर्दलीय हुन्छ भनेर मात्रै हुने कुरा होर, त्यहाँ लेख्नुपर्दैन’ पन्तले प्रश्न गरे –‘धारा ७६ (५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र ?’

बहुदलीय शासन प्रणालीमा दलले पत्र लेखेर पठाएपछि सांसदहरुलाई ‘तिमीहरु स्वतन्त्र हौँ, ह्वीप लाग्दैन’ भन्न नमिल्ने पन्तले जिकिर गरेका छन् ।

१६,असार.२०७८,बुधबार १४:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्